१० असार २०८३, बुधबार

नेपालीको टेलिफोन खर्च मासिक तीन सय

कात्तिक २०, २०७४
नेपालीको टेलिफोन खर्च मासिक तीन सय
काठमाडौं,१५ फागुन - नेपालीले टेलिफोनमा मासिक न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपालका प्रमुुख दुुई दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहकले औसतमा न्यूनतम तीन सय रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सम्बन्धित कम्पनीले दिएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ |Mobile-phone
नेपाल टेलिकमका सबैभन्दा बढी सिमकार्ड प्रयोगकर्ता प्रिपेडका छन् । प्रिपेडका उपभोक्ताले न्यूनतम मासिक तीन सय रुपैयाँ खर्च गर्ने गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । टेलिकमले दिएको जानकारीअनुुसार यस्तो खर्च पोस्डपेडमा सात सय र डाटामा चार सय रुपैयाँ हुुने गरको छ । टेलिकम स्रोतले दिएको जानकारीअनुुसार यसका उपभोक्ताले गर्ने खर्चलाई क्षेत्रगत रूपमा यति नै हो भनेर यकिन नभए पनि औसत यस्तो खर्च हुुने गरेको उल्लेख छ ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको उपभोक्ताले भने तीन सय ४५ रुपैयाँ खर्च गर्ने गरेका छन् । एनसेल एक्जियटाको सन् २०१६ को सेप्टेम्बरसम्मको एक करोड ४३ लाख प्रयोगकर्ताले गरेको यस्तो खर्च औसतमा न्युुनतम तीन सय ४५ रुपैयाँ रहेको उल्लेख छ । एनसेलका कुुल प्रयोगकर्तामध्ये ४१.९ प्रतिशतले मोबाइल डाटा प्रयोग गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्