३१ जेठ २०८३, आइतबार

राष्ट्रपति निवासमा घटस्थापना, सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिने

असोज २४, २०७५
राष्ट्रपति निवासमा घटस्थापना, सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गर्नुभएको छ । 

पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिनुभयो । 

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो । 

यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा अाउने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्नुहुने भएको छ । विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उहाँले राष्ट्रपति कार्यालयमा अाउने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्