०५ साउन २०८३, मंगलबार

एएफसी यु–१९ छनोटमा सहभागी हुने नेपाली टोली थाइल्याण्ड जाने

एएफसी यु–१९ छनोटमा सहभागी हुने नेपाली टोली थाइल्याण्ड जाने

काठमाडौ– एएफसी उन्नाइस वर्षमुनि (यू–१९) छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ । आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । 
    
नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्याण्ड जानेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्