०१ असार २०८३, सोमबार

निजी स्कूलले मनपरी शुल्क असुलेकोबारेको प्रतिवेदन गायव

असोज २५, २०७५
निजी स्कूलले मनपरी शुल्क असुलेकोबारेको प्रतिवेदन गायव

काठमाडौँ–निजी स्कुलहरूले मनपरी ढङ्गगले शुल्क असुलेको भनी सरकारलाई दिइएको प्रतिवेदनलाई गायब पारिएको छ ।
 ठूला स्कुलको नाम जोडिएको त्यो प्रतिवेदनको अत्तोपत्तो छैन । सरकारी अनुगमन कार्यदलले तयार पारेको प्रतिवेदन लुकाइँदा कतिपय विद्यालयले गरिरहेको कमीकमजोरीले निरन्तरता पाउँदै आएको छ भने अभिभावकमा पनि आर्थिक बोझ कायमै छ ।
शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत असारमा उपत्यकाका महंँगा भनिएका १९ निजी स्कुलमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा केन्द्रका उपसचिव लगायत अभिभावक एवं निजी विद्यालयका सञ्चालकहरुको पनि सहभागिता थियो । अनुगमनपछि निकै मिहिनेत गरेर प्रतिवेदन तयार पारिएको थियो । प्रतिवेदन गत असारमा नै केन्द्रमा बुझाइएको थियो । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्