
काठमाडौं, १५ फागुन — माओबादी नेता वर्षमानपुन अनन्तलाई उपचारको लागि बैंकक लगिने भएको छ । जण्डिस विग्रिएपछि अघिल्लो वर्षदेखि विरामी परेका पुनलाई बैंकक लैजान थालिएको हो ।
ग्रान्डी अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई बैंकक लैजाने तयारी गरिएको हो । उनीसँगै पत्नी ओनसरी घर्तीपनि आज बैंकक जाँदैछिन् ।
आजनै उनलाई ग्रान्डीले डिस्चार्ज गर्दैछ । तर स्वास्थ्यमा खासै सुधार नदेखिएपछि बैंकक लैजान लागिएको हो । अघिल्लो वर्षपनि जन्डिस विग्रीएर विरामी परेको पुनको बैंककमा एक महिना लामो उपचार भएको थियो ।
तर केही दिन अघि रोल्पाको कार्यक्रममा सहभागि भइरहेको बेलामा पुन एक्कासी विरामी परेका थिए । उनलाई ज्वरो र वान्ता भएको थियो । त्यसपछि चाहिँ ग्रान्डीमा भर्ना गरिएको हो ।