३१ जेठ २०८३, आइतबार

पाल्पादेखि पोखरासम्म पर्यटक बस चल्ने

पाल्पादेखि पोखरासम्म पर्यटक बस चल्ने
प्रतिकात्मक तस्वीर

पाल्पा –पाल्पादेखि पोखरासम्म पर्यटकीय बस सञ्चालन गरिएको छ । प्रदेश नं ५ का सांसद डा. पुरन बज्राचार्यले पर्यटकीय बस सेवाको शुभारम्भ गरे । 

सांसद बज्राचार्यले सो सेवालाई निरन्तरता दिनुपर्ने बताए । सो सेवाको प्रचार प्रसारमा उनले जोड दिए ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाको पर्यटन विकासका लागि पर्यटकीय बस सेवाले निरन्तरता पाउनुपर्ने बताए ।

पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सञ्जोग ट्राभल्सले पर्यटकीय बस सञ्चालन गरिएको हो । 

पाल्पादेखि पोखरासम्म प्रतिव्यक्ति भाडा रु ६०० रहेको छ । बस हरेक दिन पाल्पा र पोखराबाट बिहान ८ बजे छुट्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्