१३ असार २०८३, शनिबार

अनमोल र झरनापुत्रीको प्रेम झल्काउँदै ʻए मेरो हजुर ३ʼको फष्ट लुक सार्वजनिक

अनमोल र झरनापुत्रीको प्रेम झल्काउँदै ʻए मेरो हजुर ३ʼको फष्ट लुक सार्वजनिक

काठमाडौँ। झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ʻए मेरो हजुर ३ʼको फस्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । अनमोल केसी र झरनापुत्री सुहाना थापाको अभिनय रहने चलचित्रको शुक्रबार फस्ट लुक पोष्टर सार्वजनिक गरिएको हो ।

सुनिल कुमार थापाको निर्माण रहने चलचित्रको एक महिनाअघि पोखरामा शुभ मुहूर्त गरिएको थियो । चलचित्रको मुहर्त गरिएपनी छायाँकन भने बिहीबारबाट मात्रै सुरु भएको छ । 

सार्वजनिक पोष्टरमा अनमोल र सुहानीको आत्मीय प्रेम झल्किएको छ । दुबैलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा अनमोेलको हातमा गितार देख्न सकिन्छ । चलचित्रमा अनमोल एक गायक र सुहाना एक फ्यानकोे भूमिकामा देखिनेछन् । सांगीतिक लभस्टोरी कथामा चलचित्र निर्माण हुने जनाईएको छ ।

सुनिलकुमार र नायिका झरना थापा दम्पतीले आफ्नी एकमात्र सन्तान सुहानालाई यसै चलचित्रमार्फत नायिकाका रूपमा डेब्यु गराएका हुन । सुहाना अमेरिकामा बिजनेसमा ब्याचलर्स गर्दैै थिइन् । 

चलचित्रमा सलोन बस्नेत, अर्पण थापा र रबिन्द्र झाको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायाँकन रहनेछ । 

यस वर्षको अन्तिम अर्थात चैत २९ गतेलाई चलचित्रको प्र्रदर्शन मिति तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्