
नवलपरासी– नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक सडकमै पल्टिएपछि आवागमन प्रभावित भएको छ । भुस बोकेको ट्रक पल्टिएको हो ।
सडकमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि घर हिँडेका र काठमाडौं आइरहेका सवारी साधनको जाम लागेको छ ।
बिहीबार दिउँसो ३ बजे दाउन्नेको घिउखोला र दुम्किबासमा पल्टिएको भुस बोकेको ट्रक राजमार्गबाट नहटाइँदा जामका कारण यात्रुहरु अलपत्र परेका हुन् ।