२२ असार २०८३, सोमबार

संघीय फोरमले संशोधन नहाल्ने, पुरक विधेयक ल्याउन माग

कात्तिक २०, २०७४
संघीय फोरमले संशोधन नहाल्ने, पुरक विधेयक ल्याउन माग
काठमाडौं १५ फागुन - संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन विधेयकमाथि संशोधन नहाल्ने संकेत गरेको छ । संसदमा विचाराधीन संशोधनले आफूहरुमा माग सम्बोधन नगर्ने भएकोले संशोधन हाल्ने सम्भावना कम रहेको सो पार्टीका एक नेताले बताए ।

‘पुरक विधेयक ल्याउनु पर्ने हाम्रो अडान यथावत छ’ फोरम संसदीय दलका मुख्य सचेतक डा शिवजी यादवले लोकान्तरसँग भने, ‘माग पूरा नहुने विधेयकमा संशोधन हाल्नु वेवकुफ बन्न खोजे जस्तो हुन्छ ।’ यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरक विधेयक ल्याउने प्रतिबद्धता जनाएपनि त्यो प्रतिबद्धतावाट प्रधानमन्त्री पछि हटेको उनले आरोप लगाए ।

फोरमले संशोधनमा दलको राय, लिखित सरकारसँग दिएकोले संसदको छलफलमा सहभागि भएपनि संशोधन नहाल्ने बताएको छ । मधेशी मोर्चामा आबद्ध अन्य दल तराइ मधेश लोकतान्त्रिक पार्टी र सदभावनाले भने संशोधन विधेयकमाथि संशोधन हाल्ने तयारी गरेका छन् ।

‘मोर्चाको तर्फवाट संयुक्त संशोधन जाने सम्भावना कम छ’ अर्का एक नेताले भने । संशोधनको बिषयमा छलफल गर्न मधेशी मोर्चाको बैठक दिउसो १ बजे बस्दैछ ।

संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन संसद सचिवालले आइतवार साझ पौने ६ बजे सम्मको समय तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्