
काठमाडौं, १५ फागुन - उच्च ज्वरोका कारण राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालममा भर्ना हुनुभएका नेकपा माओवादीका नेता तथा पूर्वअर्थ मन्त्री बर्षमान पुन आज डिस्चार्ज हुनु भएको छ ।
उहाँको ज्वरो हाल नियन्त्रणमा आएको र स्वस्थ्य अवस्था सामान्य रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्र राज पाण्डेले जानकारी दिनुभएको छ ।
पुनको उपचार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा थाइल्याण्डको बैङ्कक स्थित समितिभेज अस्पतालमा हुँदै आएको थियो । सम्बन्धित अस्पतालमा उहाँको नियमित फलोअपको समय केहि ढिलो भइसकेकाले उहाँलाई आजै बैङ्कक जानकालागि रेफर गरिएको समेत डा। पाण्डेले जानकारी दिनु भएको छ ।
उहाँको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरु कन्सल्ट्यान्ट फिजिसियन तथा स्वास प्रश्वास रोग बिशेषज्ञ प्रा। डा। अर्जुन कार्की, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा। रबी महत, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा। प्रशान्त त्रिपाठी र कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा। बिबेक शर्मा संलग्न रहनु भएको थियो ।
उच्च ज्वरो आएपछि पूर्व मन्त्री पुन फाल्गुण ७ गते अस्पताल भर्ना हुनु भएको थियो ।