१३ असार २०८३, शनिबार

यी ६ जनाले अनौठो तरिकाले पाए क्यानडाको नागरिकता (भिडियो)

यी ६ जनाले अनौठो तरिकाले पाए क्यानडाको नागरिकता (भिडियो)

काठमाडौं — क्यानडामा नागरिकता पाउनका लागि मानिसहरूले अनौठो ठाउँ छानेका छन् । 

टोरन्टोमा एक हजार फीटको उचाइँबाट पोज दिएपछि ६ जनालाई नागरिकता दिइएको छ । भवनको टुप्पोमा क्यानडाको आप्रवासी मामिलामन्त्री अहमद हुसेनले उनीहरूलाई नागरिकताको शपथ दिलाएका हुन् । 

टोरन्टोमा रहेको ५३५ मिटर अग्लो टावरको ११६औं तल्लाबाट पोज दिने ६ फरक फरक देशका मानिसलाई नागरिकता दिइएको हो । 

नागरिकता पाउनेहरूले अनौठो पारामा पाइएकोमा खुशी व्यक्त गरे । यो टावर एजवाक नामले जानिन्छ । 

सुरक्षाका लागि यी मानिसलाई तारको सहारा दिइएको थियो । 

क्यानडा आप्रवासीहरूका लागि सजिलो गन्तव्य हो । गत वर्ष मात्र साढे २ लाख मानिसलाई त्यहाँको नागरिकता दिइएको थियो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्