
काठमाडौं १५ फागुन - मधेश केन्द्रीत दलले तराइमा दुइ प्रदेश बनाउन प्रस्ताव गर्दै संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्तागराउने भएका छन् । मोर्चाले तराइका जिल्लामा दुइ प्रदेश बनाउन प्रस्ताव गर्न लागेको हो ।
सद्भावना सहध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार संविधानको अनुसूची ४ मा संशोधन मार्फत झापा देखि चितवनसम्म एउटा प्रदेश र नवलपरासी देखी कञ्चनपुरसम्म अर्को प्रदेश बनाउन प्रस्ताव गरिएको छ ।
‘भाषा र राष्ट्रिय सभाको गठन बारेपनि संशोधन प्रस्ताव दर्ता गर्दैछौ’ कर्णले लोकान्तरसँग भने । संविधान संशोधन विधेयकमाथि सांसदले संशोधन दर्ता गराउन आइतवार साझ ५ ः ४५ बजे सम्मको समय तोकिएको छ ।