०८ असार २०८३, सोमबार

यो कुखुरी गर्दैछे विश्वभ्रमण, के हो रहस्य ?

कात्तिक २०, २०७४
यो कुखुरी गर्दैछे विश्वभ्रमण, के हो रहस्य ?
काठमाडौं, — एउटी कुखुरी विगत दुई वर्षदेखि विश्वभ्रमणमा रहेको कुरा सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ।


हो, फ्रान्सको ब्रिटनीमा बस्ने गिरेक सुदी नामक नाविक (पानीजहाजको सेलर) को मोनिक नामक कुखुरी उनीसँगै विश्वभ्रमणमा छे ।

सन् २०१४ देखि क्यानरी द्वीपबाट यात्रा शुरु गरेका गिरेक र मोनिक लगातार संसारको भ्रमण गरिरहेका छन् । एउटा कुनै जनावर साथ लिएर विश्वभ्रमणमा जाने इच्छा राखेका गिरेकले शुरुमा त बिरालो लान खोजेका थिए तर बिरालोलाई धेरै हेरचाह गर्नुपर्ने भएकाले उनले कुखुरी छाने । कुखुरीले अण्डा पनि दिने अनि झन्झट पनि नदिने भएकाले उनलाई आनन्द छ ।

दुई वर्षदेखि गिरेक र मोनिक भात, मकै र अण्डा खाएर बाँचेका छन् । संसारभरिको यात्रा गर्ने सबभन्दा कम उमेरका नाविक हुन् गिरेक । उनी जम्मा २४ वर्षका भए ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्