
काठमाडौं — एयर इन्डियाको विमान भारतको मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा ५३ वर्षीया एयर होस्टेस विमानबाट लडेर गम्भीर घाइते भएकी छन् ।
एआई–८६४ विमान मुम्बईबाट दिल्लीका लागि उड्नै लाग्दा यो दुर्घटना भएको हो । सूत्रका अनुसार, उनी ढोका बन्द गर्नै लाग्दा लडेकी हुन् ।
उनलाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।
घटनाको अनुसन्धान भइरहेको छ ।
एजेन्सी