१३ असार २०८३, शनिबार

कस्तो रिसाहा क्युट बच्चो ? (भिडियो)

कस्तो रिसाहा क्युट बच्चो ? (भिडियो)

काठमाडौं — एक पाकिस्तानी बच्चोको रिसाहा शैली अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

तर बच्चो रिसाएपनि तपाईंलाई उसमाथि प्रेमको भावना राख्नुहुनेछ । 

बच्चोले स्कूल ड्रेस र गोलो चश्मा लगाएको छ र ह्यारी पोट्टर जस्तो देखिन्छ । भिडियोलाई कराँची द सिटी अफ लाइट्स नामबाट फेसबूकमा शेयर गरिएको छ । 

भाइरल भिडियोमा बच्चोले महिलासँग आफ्नो झोला फिर्ता मागिरहेको छ । 

महिलाले झोला दिन नमानेपछि बच्चोले धम्क्याउँछ । उसले महिलालाई औंला देखाउँदै ‘फिर्ता देऊ, दिन्छौ, कसरी दिँदैनौ हेरौं ।’

अनि महिला भन्छिन्, ‘मायाले माग, अनुरोध गर, अनि मात्र दिन्छु ।’

तर बच्चो मान्दैन र रिसाएको अभिव्यक्ति दिन्छ ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्