
काठमाडौं — टर्कीको पश्चिमी प्रान्त इजमिरमा आइतवार एउटा ट्रक पल्टिँदा त्यसमा रहेका २२ अवैध आप्रवासीहरूको मृत्यु भएको छ भने १३ अन्य घाइते भएका छन् ।
अनादोलू समाचार संस्थाले मारिएका आप्रवासी कुन देशका नागरिक हुन् पत्ता नलागेको लेख्यो ।
मर्नेमा एक गर्भवती महिला र चार बच्चा पनि छन् । सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
ट्रक अयदिन इलाकाबाट इजमिरतर्फ गइरहेको थियो ।
चालकविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान शुरू गरिएको छ ।
सन् २०११ मा सिरियामा युद्ध शुरू भएयता युरोप छिर्न चाहने आप्रवासीहरूका लागि टर्की प्रमुख मार्गका रूपमा रहेको छ ।
एजेन्सी