०१ असार २०८३, सोमबार

अफगानिस्तानमा सेनाको अड्डामा आक्रमण, १७ सैनिकको मृत्यु

अफगानिस्तानमा सेनाको अड्डामा आक्रमण, १७ सैनिकको मृत्यु

काठमाडौं — अफगानिस्तानको पश्चिमी फराह प्रान्तस्थित पुश्त रोडमा तालिबानले गरेको आक्रमणमा १७ अफगानी सैनिक मारिएका छन् । अन्य ११ लाई अपहरण गरिएको छ । 

प्रान्तका जिल्ला प्रमुख गौसुद्दीन नूरजईले बताएअनुसार आक्रमण शनिवार राति शुरू भएको थियो र आइतवार बिहानसम्म चलिरह्यो । 

तालिबानका आतंकवादी सैन्य अड्डानजिक दुईवटा जाँच चौकीमा घुसे र हतियार र गोलाबारुद लुटेर लगेको उनले बताए । 

फराहमा प्रान्तीय परिषद्का एक सदस्य अब्दुल समद सालेहीले मृतकको संख्या पुष्टि गरे र अड्डाको रक्षा गरिरहेको सेनालाई कुनै पनि हवाई सहयोग र अतिरिक्त सेनाको सहयोग पनि नपाएको बताए । 

तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । आतंकवादीहरूले अफगानिस्तानका अनेकौं जिल्लामा कब्जा गरेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्