२५ जेठ २०८३, सोमबार

ट्रम्पको नयाँ प्रस्तावले दक्षिण एसियालीमा रुवावासी

ट्रम्पको नयाँ प्रस्तावले दक्षिण एसियालीमा रुवावासी

काठमाडौं — अमेरिकामा दक्षिण एसियाली समुदायका मानिसले सरकारी सहायताको परिभाषामा परिवर्तन गर्ने ट्रम्प प्रशासनको प्रस्तावको विरोध गरेका छन् । 

नयाँ कदमले दक्षिण एसियाबाट आउने वैध आप्रवासीलाई नोक्सान पर्ने उनीहरूको भनाइ छ । 

अमेरिकाको होमल्यान्ड सेक्युरिटीले पेश गरेको प्रस्तावअनुसार एक वा अधिक सरकारी सहायता पाउने तथा भविष्यमा सरकारी सहायता पाउने सम्भावना रहेको प्रवासीलाई ग्रीन कार्ड दिन अस्वीकार गरिनेछ । 

प्रस्तावित परिवर्तन सरकारी सहायता नियमको मस्यौदाको हिस्सा हो । 

यस मस्यौदामाथि ६० दिनभित्र टिप्पणीको आह्वान गरिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्