३० असार २०८३, मंगलबार

फोटो पत्रकार समूहले पत्रकारलाई सम्मान गर्ने

कात्तिक २०, २०७४
फोटो पत्रकार समूहले पत्रकारलाई सम्मान गर्ने

काठमाडौँ, १५ फागुन - राष्ट्रिय फोटो पत्रकार समूहले आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा विभिन्न १३ विधामा फोटो पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।1488115674664_RS_Ktm_170226170226_3723 (1)

समूहले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७३ बाट एकजना फोटो पत्रकारलाई सम्मान गरिनेछ ।

नेपालकै पहिलो र गौरवसाली इतिहास बोकेको फोटो कन्सर्नका संस्थापक डम्बरबहादुर थापाको स्मृतिमा एकजना फोटो पत्रकारलाई प्रदान गरिने सो पुरस्कारको राशि रु ५० हजार, ट्रफी र सम्मानपत्र रहने समूहका अध्यक्ष ध्रुव आलेले जानकारी दिनुभयो ।

यस्तै फोटो ‘जर्नालिस्ट अफ दि इयर’बाट एकजना फोटो पत्रकारलाई सम्मान गरिनेछ । सो पुरस्कारको राशि रु २५ हजार, ट्रफी र सम्मानपत्र रहनेछ । स्पोट्र्स विधा, राजनीतिक फोटो विधा, डेली लाइफ विधा, मनोरन्जन, व्यापार, महिला पत्रकार विधा, प्रादेशीक विधामा पत्रकारलाई पुरस्कृत गरिनेछ । क्रियाशील फोटो पत्रकारलाई सम्मान गर्ने लक्ष्यका साथ पुरस्कृत गर्न लागिएको समूहले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्