०६ असार २०८३, शनिबार

प्रदेशका कर्मचारी दसैंमा रित्तो हात, ऋण खोजेर घर फर्किए

असोज ३०, २०७५
प्रदेशका कर्मचारी दसैंमा रित्तो हात, ऋण खोजेर घर फर्किए

दोलखा–जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान घरबाट खर्च मागेर फर्किए । 
अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनसमेत ऋण खोजेर गाडी भाडा गरेर घर गए ।

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो ।
 सरकारी जागिरको ५ वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दसैं मनाउन घर फर्किए । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले भने– हिजोसम्म त तलब आउला भन्ने आश थियो, अब त्यो निरासामा परिणत भयो दसैं खल्लो हुने भयो ।

यी माथिका प्रतिनिधि पात्र मात्र हुन् । तीन तहको सरकारमध्ये यस वर्ष ३ नं प्रदेश मातहातका कर्मचारीहरू दसैं मनाउन रित्तो हात घर फर्केका छन् । 
प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरू तलब र दसैं खर्चबिनै दसैं मनाउन बाध्य भएका छन् । कारोबार दैनिकमा खबर छापिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्