
काठमाडौं — फ्रान्सको दक्षिणपश्चिमी भागमा रहेको अडे क्षेत्रमा बाढीका कारण १३ जनाको मृत्यु भएको छ ।
अचानक भारी वर्षा भएपछि सडकमा पानी भरिएको छ । बाढीका कारण अडे नदीमा एक नन बगेकी छन् ।
अल्बीमा बाढीका बेलामा वाहनहरूको व्यवस्थापन गरिरहेका एक प्रहरीको मोटरसाइकलसँग ठोकिएर ज्यान गएको छ ।
अडे राज्यका अधिकारी एलेन थिरिअनले घरका छतमा फसेका मानिसलाई हवाई मार्गबाट निकालिने किनकि डुंगाबाट निकाल्नु खतरनाक रहेको बताएका छन् ।
कुएक्सकमा एउटा घर भत्किँदा एक व्यक्ति घाइते भए । मौसम निगरानी विभागका अनुसार, अडे नदीमा यति भयंकर बाढी विगत सय वर्षमा आएको थियो ।
स्थानीय प्रशासन र संकटकालीन सेवाले प्रभावित क्षेत्रहरूमा रेड अलर्ट जारी गरेको छ । मानिसहरूलाई घरैमा बस्न अपील गरिएको छ । प्रशासनका अनुसार, उत्तरी क्यारकासोन्ने निगममा सबै सडक बाढीमा डुबेका छन् र स्कूल पनि बन्द छन् ।
एजेन्सी