२२ जेठ २०८३, शुक्रबार

उईगुर मुसलमानरले शिविरमा रंगीन जीवन बिताएको शिनजियाङका गभर्नरको भनाइ

उईगुर मुसलमानरले शिविरमा रंगीन जीवन बिताएको शिनजियाङका गभर्नरको भनाइ

काठमाडौं — चीनको शिनजियाङ प्रान्तका गभर्नरले उईगुर मुसलमानहरूलाई शिविरमा राखिएको विषयमा विस्तृत विवरण पेश गरेका छन् । 

सरकारी मिडियासँगको अन्तर्वार्तामा शोहरत जाकिरले आतंकवादलाई निरस्त गर्नका लागि ‘व्यावसायिक शिक्षा’ केन्द्रहरू प्रभावकारी रहेको बताए । 

तालिम लिएकाहरू आफ्नो पुरानो बाटो परिवर्तन गर्ने तथा जीवनलाई थप रंगीन बनाउने अवसर पाएकोमा अनुगृहित भएको उनको भनाइ छ । 

शिनजियाङमा चीनको चरम सुरक्षा दमनले व्यापक चिन्ता जन्माएको छ । 

अधिकारवादी समूहहरूले मुसलमानहरूलाई डीएनए नमूना दिन नमानेको, अल्पसंख्यकको भाषा बोलेको वा अधिकारीहरूसँग विवाद गरेको जस्ता सामान्य अभियोगमा पनि अनिश्चितकालका लागि थुन्ने गरेको बताए । 

दश लाखभन्दा बढी मुस्लिम उईगुर तथा अन्य अल्पसंख्यक समूहलाई हिरासतमा लिइएको आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका छन् र यो काम आतंकवाद रोकथामका लागि आवश्यक रहेकोमा जोड दिएका छन् । 

स्वायत्त पश्चिमी प्रान्तको सरकारप्रमुखका रूपमा शोहरत जाकिर सरकारी दमनको विषयमा टिप्पणी गर्ने वरिष्ठतम क्षेत्रीय अधिकारी हुन् । 

जाकिरले यो क्षेत्रमा सन् १९९० को दशकदेखि आतंकवाद, अतिवाद र अलगाववादका रूपमा तीनवटा खराब शक्तिको सामना गर्नुपरेकोले सरकारले त्यसमा मूल कारण पत्ता लगाउन कारवाही चलाएको बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्