३० जेठ २०८३, शनिबार

अफगानिस्तानमा ७ प्रहरी अधिकारी मारिए

असोज ३०, २०७५
अफगानिस्तानमा ७ प्रहरी अधिकारी मारिए

अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । 

सोमबार राति पेयान जिल्लाका दराइसुफ इलाकामा तालिबान आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा परी प्रान्तीय प्रहरी उपप्रमुख आवानी तहारी र अन्य छ जना प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता पुनिर रहिमीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 
प्रान्तीय राजधानी ऐबाक शहरका यात्रा गरिरेहका सुरक्षा अधिकारी एम्बुस आक्रमणमा परेका प्रहरी स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य तीन जना प्रहरी अधिकारी घाइते भएका छन् । 

अफगानिस्तानका आगामी अक्टोबर २० मा हुनगइरहेको संसदीय निवार्चनको क्रममा आतङ्ककारी समूहले हत्या हिंसा बढाएका छन् । 

यस निर्वाचनको लागि ५४ हजार अफगान सैनिक र प्रहरी अधिकारी तैनाथ गरिएको छ । ती सुरक्षा अधिकारीले देशभर रहेका ५१ हजार मतदान केन्द्र सुरक्षाको प्रबन्ध गर्ने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्