०९ असार २०८३, मंगलबार

आजदेखि नेपाल प्रहरीको निःशुल्क बस सरर..‍‍.. (रुटसहित)

आजदेखि नेपाल प्रहरीको निःशुल्क बस सरर..‍‍.. (रुटसहित)

काठमाडौं–हिन्दू नेपालीको महत्वपूर्ण चाड दशैंको अवसरमा नेपाल प्रहरीले आजदेखि राजधानीका विभिन्न रुटमा बस सञ्चालन गरेको छ । 

दशैंमा राजधानीमा सवारी साधन अत्याधिक न्यून चल्ने भएकाले यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले नागरिकको सहजताका लागि आज, भोलि र  पर्सी गरी तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्नेछ ।

प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर विभिन्न रुटमा बस सञ्चालित हुने जनाइएको छ । 

प्रहरीका अनुसार नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्मको रुपमा निःशुल्क सेवा दिने बस चल्नेछ ।
त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्मको रुटमा पनि प्रहरीको बस चल्नेछन् । 

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्मको रुटमा पनि प्रहरीका बसले सेवा दिनेछन् । 

निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीले पनि मंगलबारदेखि नै दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क सञ्चालन गरेको छ भने नेपाली सेनाले विजया दशमीको दिन निशुल्क बस सञ्चालन गर्ने भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्