०६ असार २०८३, शनिबार

घरमा दशैं मनाउन राजधानीबाट ४ दिनमा २२ लाख यात्रु बाहिरिए

घरमा दशैं मनाउन राजधानीबाट ४ दिनमा २२ लाख यात्रु बाहिरिए

काठमाडौं – काठमाडौं उपयकाबाट दशैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत ४ दिनको अवधिमा सो संख्यामा यात्रु बाहिरिएका हुन् । 

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधवार पनि काठमाडौंबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । दशैंभर काठमाडौंबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ । 

काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै विगत २ दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्