२३ जेठ २०८३, शनिबार

दुई अभिनेत्रीले गरे शाहरुख खानलाई चुम्बन, अनि मेटे लिपस्टिक (भिडियो)

दुई अभिनेत्रीले गरे शाहरुख खानलाई चुम्बन, अनि मेटे लिपस्टिक (भिडियो)

काठमाडौं — शाहरुख खान, काजोल र रानी मुखर्जीको कुछ कुछ होता है सार्वजनिक भएको २० वर्ष बितेको छ । यस उपलक्ष्यमा फिल्मका निर्देशक करण जोहरले मुम्बईमा भव्य पार्टी राखे । 

पार्टीमा अनेकौं सेलेब्रिटीहरू उपस्थित थिए । 

पार्टीको एउटा भिडियो भाइरल भएको छ । त्यसमा शाहरुख, काजोल र रानीले पोज दिएका छन् । तीनैजनाले मस्ती गरेको देखिन्छ भिडियोमा । 

दुवै अभिनेत्रीले शाहरुखलाई किस पनि गर्छन् र उनको गालामा लिपस्टिकको निशान आफैं मेटिदिन्छन् । 

कुछ कुछ होता है सन् १९९८ को अक्टोबर १६ मा रिलिज भएको थियो । त्यतिखेर फिल्म ब्लकबस्टर हिट भएको थियो । शाहरुख खानले बेस्ट एक्टर र काजोलले बेस्ट एक्ट्रेसको पुरस्कार यसै फिल्मबाट जितेका थिए । अनि सलमान
खान र रानी मुखर्जीले बेस्ट सपोर्टिङ एक्टर र एक्ट्रेसको पुरस्कार पाएका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्