
‘कौन बनेगा करोडपति’को दशौं सीजन चलिरहेको छ र आजभोली टेलिभिजनको टिआरपीपनि निकै माथि पुगेको छ ।
नेपालमा पनि केही समयपछि फ्रेन्चचाइ शो ‘कौन बनेगा करोडपति’को नेपाली स्वरुप ‘को बन्छ करोडपति’ शो सञ्चालन हुँदैछ । त्यसअघि भारतीय सञ्चारमाध्यम भारतमा सञ्चालन भइरहेको कौन बनेका करोडपतिका नाममा भइरहेको ठगी बारे समाचार प्रकाशन भएका छन् ।
चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने शो करोडपति भारतीय टेलिभिजन सोनीको चर्चित शो हो ।
यो शो फ्यानहरुको मनपर्ने कार्यक्रम हो । तर यस शोमाथि कयौं पटक ठगी गरेको आरोप लाग्ने गरेको छ । रिपोर्टहरुका अनुसार हरेक वर्ष जब यो शो शुरु हुन्छ त्यतिबेला मानिसहरु ठगीने गरेका छन् ।
केबीसीमा ठगीको विषयमा चर्चामा आउने गरेको छ । तर अमिताभले प्रश्न सोध्ने र प्रतिस्पर्धीले जवाफ दिने कार्यक्रममा ठगीने सम्भावना कसरी हुन्छ ? प्रश्न गम्भीर छ । तर केबीसीको शोमा टेलिभिजनका अलावा एक अनलाइन सेग्मेन्ट पनि छ जसको माध्यमबाट शोको बहानामा मानिसहरु ठगीने गरेका छन् ।
ठगी गर्नेहरुले डाटाबेसमा कसैलाई पनि फोन गर्छन् । फोनमा विश्वास नभए ह्वाट्सएपमा कल गर्छन् र भन्छन् तपाईको घरको कुनै सदस्यले भाग लिएको होला वा कसैले तपाईको नम्बर उपलव्ध गराएको छ भनि भन्छन् । ठगी गर्नेहरुले आफूहरु केबीसी टीमको सदस्य बताउँछन् र पीडितलाई सजिलो प्रश्न सोध्छन् ।
फोन गर्नेले मानिसहरुलाई २५ देखि ३० लाख रुपैया पुरस्कार जित्नु भएको छ र त्यसका लागि ८ हजार देखि १० हजार रुपैयाँको बीचमा खातामा जम्मा गरिदिनुपर्ने बताउँछन् । यो राशि बैंक ड्राफ्ट मार्फत जम्मा गर्न लगाइन्छ ।
अमिताभ बच्चनले स्वयं मानिसरुलाई यस्तो कार्यबाट बच्न आग्रह गरेका छन् । शोका बारेमा कसैले फोन गरेमा त्यसलाई स्वीकार नगर्न उनले आग्रह गरेका छन् । यसले आफूलाई चिन्तित ।