धुनषा- धुनषामा १० वर्षीय वालिका बलात्कार भएको घटना सेलाउन नपाउँदै अर्की १३ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
धनुषा जिल्लाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई पक्राउ गरेको छ ।
बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनालाई स्थानीय स्तरमै मिलाउने प्रयास जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गरेपनि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।