१५ असार २०८३, सोमबार

एक्लोपन हटाउन कुकुर ल्याए यी मानिसले, भरे अर्कै जनावर पो परेछ

एक्लोपन हटाउन कुकुर ल्याए यी मानिसले, भरे अर्कै जनावर पो परेछ

काठमाडौं — चीनमा एक व्यक्तिले एक्लोपन हटाउनका लागि कुकुर पाल्ने सोच बनाए । केही दिनपछि पो पत्ता लाग्यो, त्यो त कुकुर नभएर मुसो रहेछ । 

शांघाई पोस्टका अनुसार, उक्त व्यक्तिले ब्लगमा यो घटना सार्वजनिक गरेका हुन् । 

उनी अघिल्लो महिना पहाडको एक गाउँमा साथीको घर गएका थिए । त्यहाँ उनले कालो रंगको प्राणी देखे । 

अँध्यारोमा उनले त्यही प्राणीलाई लिएर हिँडे । 

केही दिन घरमा राखेपछि उनले थाहा पाए, यो प्राणी त कुकुर जसरी दौडिँदैन र यसको रौं पनि कुकुरको जस्तो बढ्दैन । त्यसपछि उक्त व्यक्तिले सामाजिक सञ्जालमा यो प्राणी चिन्नका लागि भिडियो पोस्ट गरे ।

मानिसहरूले त्यो बाम्बू र्‍याट भएको थाहा पाए । यो मुसोले बाँस मात्र खान्छ र दक्षिण चीनमा मात्र पाइन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्