२२ जेठ २०८३, शुक्रबार

चीनले लगायो भ्याक्सिन बनाउने कम्पनीमाथि १.३ अर्ब डलरको जरिवाना

चीनले लगायो भ्याक्सिन बनाउने कम्पनीमाथि १.३ अर्ब डलरको जरिवाना

काठमाडौं — चीनका अधिकारीहरूले रेबिजको भ्याक्सिन बनाउने एउटा कम्पनीमाथि कुल १.३ अर्ब डलरको जरिवाना सजाय सुनाएको छ । 

चाङचुन चाङशेङ बायोटेक्नोलोजी कम्पनी चीनको जिलिन प्रान्तमा रहेको छ । कम्पनीले दस्तावेजहरू कीर्ते गरेको आरोप छ । चीनको औषधि नियामकले यो कारवाहीको जानकारी मंगलवार दिएको हो । 

यो घटनापछि चीनमा उपलब्ध भ्याक्सिन र औषधिहरूको गुणस्तरका सम्बन्धमा जनतामा त्रास फैलिएको छ । घटनापछि कम्पनीकी महिला अध्यक्ष तथा अन्य १४ मानिसलाई जुलाई महिनामा पक्राउ गरिएको थियो । 

कम्पनीलाई भ्याक्सिन उत्पादन बन्द गर्ने आदेश पहिले नै दिइसकेको थियो । शंकास्पद भ्याक्सिन बजारसम्म पुग्न नदिनलाई उत्पादन बन्द गर्ने आदेश दिइएको हो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्