०२ असार २०८३, मंगलबार

ढुङ्गेसाँघु सीतापाइला आमा समूहको पक्की भवन निर्माण

कात्तिक १, २०७५
ढुङ्गेसाँघु सीतापाइला आमा समूहको पक्की भवन निर्माण

पोखरा – पोखरा महानगरपालिका–१७ महतगौंडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहले १२ लाख रुपैयाँको लागतमा पक्की भवन निर्माण गरेको छ । 

पोखरा महानगरपालिकाबाट ३ लाख रुपैयाँ आर्थिक सहयोग र समूहको ९ लाख रुपैयाँ खर्च गरेर सो भवन निर्माण गरिएको हो । प्राकृतिक पुल ढुङ्गेसाँघुस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त भवनमा सभाकक्ष, कार्यालय र शौचालय रहेको आमा समूहका अध्यक्ष जुना गुरुङले जानकारी दिइन् ।

टोल छिमेकमा विवाह, व्रतबन्ध, अर्घाैंजस्ता शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अर्थ संकलन गर्दै आएको जानकारी दिँदै उनले आमाका लागि विभिन्न संघसंस्थामार्पmत् तालिम सञ्चालन गर्दा समेत केही रकम बचाइने गरेको बताइन् । महिलाको सशक्तीकरणका गतिविधि अगाडि बढाउन खाली जग्गामा ट्रस निर्माण गर्ने सोच रहेको बताइएको छ । 

यसैबीच आमा समूहले दशैंतिहार, छठ, नेपाल सम्वत्, ल्होसारजस्ता पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तथा प्रत्येक माघी पर्वमा सेतीनदीस्थित सीता पाइलाघाटमा स्नान गर्न आउने भक्तजनलाई सखरखण्ड, तरुल, खुदो, चिउरालगायत विभिन्न परिकार निःशुल्क वितरण गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्