१८ असार २०८३, बिहीबार

क्राइमियाको केर्च कलेजमा गोलीकाण्ड, १८ जनाको मृत्यु, ५० घाइते (भिडियो)

कात्तिक १, २०७५
क्राइमियाको केर्च कलेजमा गोलीकाण्ड, १८ जनाको मृत्यु, ५० घाइते (भिडियो)

काठमाडौं — रुसको क्राइमियामा रहेको केर्च कलेजमा बुधवार भएको गोलीकाण्डको भिडियो सार्वजनिक भएको छ ।

उक्त गोलीकाण्डमा १८ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । 

गोली चलाउने १८ वर्षीय किशोरले कोठाकोठामा छिरेर निर्ममतापूर्वक मानिसको हत्या गरेको भिडियोमा देखिन्छ । विद्यार्थीहरूको एक समूह कलेजबाट भागिरहेको अनि लाशहरू पनि भिडियोमा देखिन्छ । 

उक्त फूटेज धेरै सञ्चारमाध्यमले फेला पारेका छन् । त्यसमा महिला विद्यार्थीको एक समूह र तिनका शिक्षकले भवनबाहिर भाग्नका लागि बाटो खोजेको देखिन्छ । 

नजिकै गोली चलेको आवाज समेत सुनिन्छ र डरले चिच्याएको आवाज पनि आउँछ । ‘उनीहरूले स्वचासलत हतियारले गोली चलाइरहेका छन्,’ कोही चिच्याउँछ ।

मारिएका विद्यार्थीमा धेरैजसो १५ देखि २२ वर्षका थिए । 

गोली चलाउने किशोरको नाम भ्लादिस्लाभ रोस्ल्याकोभ हो र उनी पनि त्यही कलेजका विद्यार्थी हुन् । उनले कलेज भवनमा पहिले विस्फोटक पड्काएर पछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । पछि उनले आत्महत्या गरेका थिए ।



आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्