कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।
अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।
मासु स्वास्थ्यका लागि उपयोगी चिज नै हो । तर यसलाई धेरै सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी बताउँछन् ।
यसले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउने उनको भनाइ छ ।
कस्तो समस्या देखिन्छ ?
मासु धेरै खाँदा तत्कालीन अवस्थामा पेटसम्बन्धी समस्या आउनसक्ने डा. रेग्मीको भनाइ छ ।
उनका अनुसार मासु धेरै खाँदा देखिनसक्ने तत्कालीन समस्या यस्ता छन् :
अपच भएर पेट दुख्छ ।
कलेजो, पित्तथैलीलाई भार बढी पर्छ ।
पित्तथैलीमा पथ्थरीको समस्या भएको व्यक्तिलाई अत्याधिक पेट दुख्ने हुन्छ ।
मुटुको धड्कन आवश्यकताभन्दा माथि पुग्छ ।
दीर्घकालीन असर
हार्टअट्याक हुनसक्छ ।
प्यांक्रियाज ग्रन्थीलाई असर पर्छ र प्यांक्राटाइटिस भन्ने रोग लाग्न सक्छ ।
क्यान्सर हुने खतरा हुन्छ ।
मुटुसम्बन्धी रोग लाग्न सक्छ ।
मिर्गौलामा समस्या आउन सक्छ ।
मुटुको चाल गडबडी हुने समस्या देखिन्छ ।
उच्च रक्तचाप र मोटोपनाको समस्या बढ्छ ।
दशैंमा मासु बढी खाएकै कारण उच्च रक्तचाप, कोलेस्टोर वृद्धि भई औषधिको मात्रा बढाउनुपर्ने अवस्था आउन सक्ने भन्दै समयमै सचेत हुन उनको आग्रह छ । अघिल्ला वर्षहरूमा पनि मासु धेरै खाएकै कारण अस्पतालमा आकस्मिक रूपमा धेरै बिरामी आएको भन्दै डा. रेग्मीले मासु खाँदा सचेत हुन आग्रह गरे ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...