०७ असार २०८३, आइतबार

किशोरीले हजुरबुवाको अस्थिबाट बनाइन् बिस्कुट, साथीहरूलाई खुवाइन्

कात्तिक १, २०७५
किशोरीले हजुरबुवाको अस्थिबाट बनाइन् बिस्कुट, साथीहरूलाई खुवाइन्

काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा एक किशोरीले आफ्नै हजुरबुवाका अस्थि समेत मिसाएर बिस्कुट बनाएकी छन् । उनले त्यो बिस्कुट साथीहरूलाई पनि बाँडेकी थिइन् । 

स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, किशोरीले आफ्ना नौ सहपाठीलाई यो बिस्कुट खुवाइन् । उनीहरूले खुरुखुरु बिस्कुट खाए । 

पछि किशोरीले साथीहरूलाई साँचो कुरा बताइदिइन् । अनि चाहिँ साथीहरू डराए । 

एक विद्यार्थीले स्थानीय मिडियालाई भने, ‘म क्लास लिन गइरहेको थिएँ । एउटी केटी आएर मलाई बिस्कुट खाऊ भनिन् । बिस्कुटमा विशेष कुरा हालिएको उनले बताइन् । मैले त्यसमा ड्रग हालेको होला भन्ठानें । उसलाई सोध्दा उसले
हजुरबुवाको अस्थि रहेको कुरा बताइन् । म एकदमै तर्सिएँ ।’

अक्टोबर ४ मा भएको यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि कारवाही गरिएको छैन । 

उता स्कूलले एक बयान जारी गरेर कुनै पनि विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी समस्या नआएको बताएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्