०२ साउन २०८३, शनिबार

महानवमीको मेलाले कोतघरमा भक्तजनको घुइँचो

कात्तिक १, २०७५
महानवमीको मेलाले कोतघरमा भक्तजनको घुइँचो
बडादशैंमा महानवमीको दिन मात्र दर्शन गर्न पाइने काठमाडौँको हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको दर्शन गर्न लामबद्ध भक्तजन ।

पर्वत – आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वअन्तर्गत बिहीवार पर्वतका झण्डै १ दर्जन कोतघरमा विशेष मेला लागेको छ । 

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा रहेको खौलाकोत, फलेवास नगरपालिकाको शंकरपोखरीमा रहेको लिमिकोत, दक्षिण पर्वतको महाशिला गाउँपालिकाको होस्राङ्दीमा रहेको पैयुँकोत, जलजला गाउँपालिकाको माझफाँटमा रहेको कोत भगवती मन्दिर, कुश्मा नगरपालिकाकै वडा नम्बर ३ दुर्लुङमा रहेको दुर्लुङकोत र बाँँँँच्छा, शालिग्राम, राम्जादेउरालीलगायत क्षेत्रमा रहेका कोतघरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

बोका, हाँस, परेवा, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गर्नाले मनोकामना पूरा हुने विश्वासमा कोतहरुमा भक्तजन आउने गरेको लुम्राङकोट उरामपोखराका धनबहादुर थापाले जानकारी दिए ।

दशैं मनाउन शहर बजार र विदेशमा बस्नेहरु पनि आफ्नो गाउँ फर्किएकाले कोतहरुमा घुइँचो लागेको शंकरपोखरीका रमेश तिवारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्