२३ जेठ २०८३, शनिबार

मोडिन नसकेर बस खोलामा खस्यो, ३ जनाको मृत्यु

कात्तिक २, २०७५
मोडिन नसकेर बस खोलामा खस्यो, ३ जनाको मृत्यु

काठमाडौं –नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत जलविरेमा गएराति बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् ।

झापाको काँकडभिट्टाबाट पोखरा जान लागेको ना५ख ४३८३ नम्बरको बस गएराति १ बजे चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा दुर्घटनामा परेको हो ।

बस मोडिन नसकेर जलविरे पुलनजिकै खोलामा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको चितवनकै भरतपुरस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने मृतकको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्