काठमाडौं – अहिले भारतमा महिलामाथिको यौन दुर्व्यवहारविरुद्ध मीटू अभियान चलिरहेको छ ।
शिवसेना पार्टीका प्रमुख उद्धव ठाकरेले यस विषयमा आफ्नो धारणा राखेका छन् । दशहरा जुलुसमा सम्बोधनलाई उनले आरोपितहरूलाई सजाय नदिइएकाले महिलामाथि अत्याचार बढिरहेको बताएका छन् ।
महिलामाथि अत्याचार हुँदा पाँच दश वर्ष नकुरिकन दुर्व्यवहार गर्नेलाई तत्कालै गाला चड्काइदिनुपर्ने उनी बताउँछन् । ‘त्यसपछि महिलाको रिपोर्ट कसले लेख्दो रहेनछ, हेरौं न,’ भने ठाकरेले ।
महिलाको साथ दिन शिवसेना सधैं तयार रहेको उनको भनाइ छ ।
एजेन्सी