१८ असार २०८३, बिहीबार

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

कात्तिक २, २०७५
माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

धनुषा – धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुरमा शुक्रवार बिहान माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । 

माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाइते भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्