२३ जेठ २०८३, शनिबार

रावणको पुतला दहन कार्यक्रम चल्दै गर्दा अचानक आइपुग्यो रेल, ६० बढीको मृत्यु

कात्तिक ३, २०७५
रावणको पुतला दहन कार्यक्रम चल्दै गर्दा अचानक आइपुग्यो रेल, ६० बढीको मृत्यु

पन्जाव– पन्जावमा शुक्रबार भएको एक भयानक दुर्घटनापछि त्यहाँ आयोजित उत्सव एकाएक शोकमा बदलिएको छ । 
अमृतसर शहर नजिकै पर्ने जोडाफाटमा शुक्रबार साँझ साढे ६ बजे रावणको पुतला दहन कार्यक्रम भइरहेको बेला एकाएक आइपुगेको रेलले भीडलाई किच्दा कम्तीमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएकोछ  । 
समाचारअनुसार तीब्र गतिको सो रेल पठानकोटबाट अमृतसर जाँदै थियो । 
रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले उनीहरुलाई किच्न पुगेको बताइएको छ  ।
दुर्घटनामा एक सय पचास बढी घाइते भएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्