०५ असार २०८३, शुक्रबार

बडादशैंको मध्यरातमा सेतो घोडेजात्रा, दरबार क्षेत्रको पशुपतिनाथलाई घोडा नाच देखाउने चलन

कात्तिक ३, २०७५
बडादशैंको मध्यरातमा सेतो घोडेजात्रा, दरबार क्षेत्रको पशुपतिनाथलाई घोडा नाच देखाउने चलन

भक्तपुर- साँस्कृतिक महोत्सवका रूपमा बडादशैंको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ । 

प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । 

 जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिए ।

जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्