११ असार २०८३, बिहीबार

नगरपालिकाको भवन बनाउन दुई करोड मूल्य बराबरको जग्गादान

कात्तिक ३, २०७५
नगरपालिकाको भवन बनाउन दुई करोड मूल्य बराबरको जग्गादान

वालिङ– आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ । 

शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले रु दुई करोड मूल्य बराबरको वडा नं १स्थित दार्सिङ भोर्लाकुनामा रहेको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

काम थालिएको दुई वर्षभित्र भवन निर्माण गरिसक्न गजेन्द्र निर्माण सेवासँग रु १० करोडको लागतमा ठेक्का सम्झौता गरिएको नगर प्रमुखका स्वकीय सचिव नन्दु खनालले बताए ।भवन शिलान्यासका क्रमममा नगर प्रमुख छायाराम खनालले कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा जग्गादाताको प्रशंसा गरे ।

salt training

कमेन्ट गर्नुहोस्