
नयाँ दिल्ली-भारतको अमृतसरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५९ जना पुगेको छ । शुक्रबार साँझ रावणको पुतला जलाउने कार्यक्रममा रेलले किच्दा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनाबारे रेलवेका अध्यक्षले चालकको कुनै गल्ती नरहेको दाबी गरेका छन् । अध्यक्ष अश्विनी लोहनीले ड्राइभरले गति कम गरेको भन्दै यदी इमर्जेन्सी ब्रेक लगाएको भए थप भयानक दुर्घटना हुन सक्थ्यो भनेका छन् ।
दुर्घटनाका बेला साँझ परिसकेको कारण ड्राइभरले लिकमा बसेका मान्छेलाई देख्न नसकेको लोहनीले बताएका छन् ।