२३ असार २०८३, मंगलबार

आगलागी पीडितलाई राहत हस्तान्तरण

कात्तिक ३, २०७५
आगलागी पीडितलाई राहत हस्तान्तरण

रुकुम पूर्व – रुकुम पूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा (दीलबहादुर बुढा) को परिवारलाई शनिवार राहत वितरण गरिएको छ । 

बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका परिवारलाई उपचारको लागि नगद ३० हजार रुपैयाँ, १ बोरा चामल, २ लिटर तेल, ५ किलो चिउरा, २ किलो दाल र २ किलो नुन वितरण गरिएको हो । 

घरमा मासु पकाउने क्रममा एक्कासी कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ निवासी बुढाको घरमा गएराति साढे ११ बजे आगलागी हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । 

आगलागीबाट ज्ञानु बुढाकी पत्नी ३६ वर्षीया मोतिकला बुढा जलेर घाइते भएकी थिइन् । उनका हात, खुट्टा र ढाड पोलिएका छन् । उपचारको लागि उनलाई राति नै जनस्वास्थ्य रुकुमकोटमा लगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्