०१ असार २०८३, सोमबार

प्रधानमन्त्रीबाट एचआईभी संक्रमित बालबालिकालाई टीका

कात्तिक ३, २०७५
प्रधानमन्त्रीबाट एचआईभी संक्रमित बालबालिकालाई टीका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआईभी संक्रमित बालबालिकालाई शनिवार दशैंको टीका लगाइदिएका छन् ।

विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् ।

सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरूको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्