०१ असार २०८३, सोमबार

भारतमा रेल दुर्घटनाका कारण वर्षेनी  १५ हजार व्यक्तिले ज्यान गुमाउँछन्

कात्तिक ३, २०७५
भारतमा रेल दुर्घटनाका कारण वर्षेनी  १५ हजार व्यक्तिले ज्यान गुमाउँछन्

अमृतसर– भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । 

हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो । 

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनेको बताएका छन् । तर आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरुले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् । 

‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ । 
शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपी यस घटनापछि राजनितिक पार्टीलगयात रेलवे अधिकारीहरु र सर्वसाधारणबीच आरोप प्रत्यारोप शुरु भएको बताइएको छ । 

भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । 

गत नोभेम्बरमा एक विद्यालयको बर्ष रेलमार्गबाट पार हुँदा भएको दुर्घटनामा परी १३ बालबालिकाको मृत्यु भएको थियो । उत्तर प्रदेश राज्यमा सन् २०१६ को नोभेम्बरमा ‘पटना –इन्डोर एक्प्रेस’ नामक एक रेल दुर्घटना हुदाँ १३९ व्यक्तिको मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्