१६ असार २०८३, मंगलबार

रामेछाप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

कात्तिक ४, २०७५
रामेछाप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं–रामेछापको रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
प्रहरीका अनुसार  जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । 
यस्तै जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको  उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्