०१ असार २०८३, सोमबार

बृद्धभत्ता नपाउँदा ज्येष्ठ नागरिकको दशैं खल्लो

कात्तिक ४, २०७५
बृद्धभत्ता नपाउँदा ज्येष्ठ नागरिकको दशैं खल्लो

बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैंमा पनि भत्ता पाएनन् ।

दशैंमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैंमा खल्लो महसुश गरेका हुन् । 

हरेक वर्ष दशैंको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भएपनि यस वर्ष नगरपालिकाले दशैंमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताए । स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् । 

बूढीनन्दा नगरपालिकामा करीब १ हजार २ सय ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब १ करोड १० लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ । बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापले हतार भएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत ढिलो आएपछि अन्य कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न नसकिएको उनले स्वीकार गरे । 

salt training

कमेन्ट गर्नुहोस्