२३ जेठ २०८३, शनिबार

बाँदरले ढुंगा हानेर आफ्नो मान्छे मारिदिएको भन्दै परिवारले दियो उजुरी

कात्तिक ४, २०७५
बाँदरले ढुंगा हानेर आफ्नो मान्छे मारिदिएको भन्दै परिवारले दियो उजुरी

काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लाको टिकरी गाउँमा बाँदरहरूको आक्रमणमा एक वृद्धको मृत्यु भएको छ । 

मृतक परिवारले प्रहरीलाई यसको जानकारी गराएका छन् । तर प्रहरीले यो दुर्घटना भएको बताएको छ । 

मृतकका भाइ कृष्णपाल सिंहले बताएअनुसार, धर्मपाल सिंह हवनका लागि काठ जम्मा गर्न गएका थिए । त्यतिखेर बाँदरहरूले उनीमाथि इँटा फ्याँके । छाती र टाउकोमा इँटा लागेर धर्मपालको मृत्यु अस्पतालमा भयो ।

कृष्णपालले बाँदरहरूका विरुद्ध लिखित उजुरी दिएको भएपनि प्रहरीले यसलाई दुर्घटना मानेर केही पनि कारवाही नबढाएको बताए । यस विषयमा उच्च अधिकारीहरूसँग भेटघाट गर्ने उनको भनाइ छ । 

प्रहरीका अनुसार, धर्मपाल सिंह एउटा इँटाको खम्बामुनि पल्टिरहेका थिए । त्यसैबेलामा केही बाँदर खम्भामा उफ्रिए जसले गर्दा त्यो गर्ल्यामगुर्लुम ढल्यो । घटनामा धर्मपाल घाइते भए र पछि अस्पतालमा उपचारको क्रममा
उनको मृत्यु भयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्