२२ जेठ २०८३, शुक्रबार

चीनका यी कलाकार मासिक सय डलरमा चलाउँछन् गुजारा, कमाइ छ लाखौंको

कात्तिक ४, २०७५
चीनका यी कलाकार मासिक सय डलरमा चलाउँछन् गुजारा, कमाइ छ लाखौंको

काठमाडौं — चीनका प्रसिद्ध अभिनेता चाउ एन फ्याटको चिनियाँ फिल्म इन्डस्ट्रीमा ठूलो हैसियत छ । उनले कैयौं हलिउड फिल्ममा पनि काम गरेका छन् । 

उनको मासिक खर्च जम्मा १०० डलर रहेको र अरू सम्पत्ति उनले बचत गरिरहेको खबर छ । संसार छोडेर गएपछि ठूलो मात्रामा दान गर्ने उनको योजना छ । 

टेलिग्राफमा छापिएको खबरअनुसार, चाओले आफ्नो सिरीसम्पत्ति दान दिन खोजेका छन् । उनीसँग कुल ७१४ मिलियन डलर सम्पत्ति छ । 

चाओ भन्छन्, ‘यो मेरो पैसा होइन । म सामान्य जीवन बिताउन चाहन्छु खुशीका साथ ।’

चाओले ब्लकबस्टर फिल्म क्राउचिङ टाइगर, हिडन ड्रागनमा काम गरेका छन् । 

प्रसिद्ध व्यक्तित्व र टन्न सम्पत्ति भएपनि चाओले सादा जीवन बिताउने गरेका छन् । उनी जम्मा १४ डलर पर्ने शर्ट लगाउँछन् र दुई डलर पर्ने चप्पल लगाउँछन् । 

उनी छुट दिने स्टोरबाट मात्र सामान किन्छन् र पुरानो कपडामा देखिन्छन् । 

उनकी पत्नी ज्यास्मिन ट्यानले चाओ विगत १७ वर्षदेखि नोकियाको एउटा फोन प्रयोग गरिरहेको बताउँछिन् । त्यो फोनले केही समयअघि मात्र काम गर्न छोडेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्