३२ असार २०८३, बिहीबार

प्रियंका कार्कीले लगाइन् हुनेवाला श्रीमानसँग दशैंको टीका, अन्य कलाकारको यस्तो रह्यो दशैं (फोटो फीचर)

कात्तिक ४, २०७५
प्रियंका कार्कीले लगाइन् हुनेवाला श्रीमानसँग दशैंको टीका, अन्य कलाकारको यस्तो रह्यो दशैं (फोटो फीचर)

काठमाडौं — नेपालीहरूको महान् चाड दशैं शुक्रवार देशभर हर्षोल्लासका साथ मनाइएको छ । वर्ष दिनभर चलचित्र, गीत, मेला महोत्सव तथा अन्य कार्यक्रममा व्यस्त रहने प्रायः कलाकारहरू पारिवारिक जमघटका साथ दशैं मनाएका छन् ।

राजेश हमाल, हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, दीपाश्री निरौला, प्रियंका कार्की, निखिल उप्रेती, केदार घिमिरे (माग्नेबूढा), जितु नेपाल, श्वेता खड्का, वर्षा राउत, दीपिका प्रसाईं, आकाश श्रेष्ठ लगायतका कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका छन् । 

नायिका प्रियंकाले यस वर्ष आफ्नो परिवारसंगै हुनेवाला श्रीमानसँग टीका थापेकी छन् । आयुष्मान देशराज जोशीको परिवारको हातबाट टीका थापेको तस्वीर प्रियंकाले फेसबूकमा अपलोड गरेकी छन् । 

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा पारिवारिक जमघटका साथ दशैं मनाएकी छिन् । यीसँगै अधिकांश कलाकारहरूले पारिवारिक जमघटका साथ दशैं मनाएका हुन् । दशैंको टीका लगाएसँगै कलाकारहरूको फेसबूक अकाउन्ट पनि दशैंमय भएका छन् । तस्वीरमा हेरौं अन्य कलाकारहरूको यसवर्षको दशैं :

salt training

कमेन्ट गर्नुहोस्